५ असार २०८३, शुक्रबार
,
Latest
शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ लाओसविरुद्ध नेपालको सुरुवाती–११, टीममा तीन परिवर्तन



अ+ अ-

काठमाडौं । फिफा विश्वकप एसियाली छनोटको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध सुरुवाती ११ सार्वजनिक गरेको छ । नेपाली टोलीका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपालको सुरुवाती ११ घोषणा गरेका हुन् ।

लाओसको राजधानी भ्येनट्यान स्थित लाओस राष्ट्रिय रंगशालामा हुन लागेको निर्णायक खेल नेपाली समय अनुसार साँझ ५:४५ बजेबाट सुरु हुनेछ ।

अल्बर्टो अनेसेले पहिलो लेगको टोलीमा तीन परिवर्तन गरेका छन् । दिनेश हेन्जन पहिलो पटक सुरुवाती ११ मा अटाएका छन् । उनले आयुष घलानको ठाउँमा खेल्नेछन् । यस्तै मछिन्द्र फूटबल क्लबका उत्सव राई र एरिक विष्टले पनि सुरुवाती ११ मा पुनरागमन गरेका छन् । यी तीनै जना पछिल्लो खेलमा मध्यान्तरमा मैदान प्रवेश गरेका थिए ।

नेपालले गत बिहीबार घरेलु मैदान दशरथ रंगशालामा भएको पहिलो लेगमा १–१ को बराबरी खेलेको थियो । उक्त खेलमा अन्जन विष्टले दोस्रो हाफमा गोल गर्दै नेपाललाई संकटबाट बचाएका थिए । आजको खेलमा जित हासिल गर्ने टोलीले छनोटको दोस्रो चरणमा प्रवेश गर्ने छ। आजको खेल जितेमा नेपालले अर्को चरणमा बलियो प्रतिद्वन्दी संग प्रतिस्पर्धा गर्नेछ । त्यसैले नेपाली फुटबल टीमको लागि आजको खेल महत्वपूर्ण रहेको छ ।

यसपाली अवे गोलको नियम नरहेको हुँदा खेल बराबरी भएमा ३० मिनेटको समय थप गरिनेछ । त्यसले पनि खेलको निर्णय हुन नसके खेलको नतिजा पेनाल्टी सुटआउटबाट निस्कनेछ ।

फिफा वरियतामा लाओस एक सय ८६औँ र नेपाल एक सय ७५औँ स्थानमा छन् ।

नेपालको सुरुवाती ११:

किरण चेम्जोङ्ग (कप्तान), सनिश श्रेष्ठ, अनन्त तामाङ्ग, रोहित चन्द, एरिक विष्ट, लाकेन लिम्बु, उत्सब राई , मनिष डाँगी, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, अन्जन विष्ट ।