५ असार २०८३, शुक्रबार
,
Latest
सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रीकेट: दक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्ड्सको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । नेदरल्याण्ड्सले एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जीत निकालेको छ । मंगलबार धर्मशालामा भएको खेलमा नेदरल्याण्ड्स ३८ रनले विजयी बनेको हो । यसअघि गत टी–२० विश्वकपमा पनि नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

वर्षाका कारण ४३ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ४२।५ ओभरमा सबै विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो ।

निकै कसिलो बलिङ गरेकोे नेदरल्याण्ड्सका लागि लोगन भान विकले ३ तथा पाउल भान मिकरेन, रोलफ भान डर मर्वे र बास डी लिडले २–२ विकेट लिँदै प्रतियोगितामा टोलीलाई पहिलो जित दिलाए ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ४३ रनको योगदान दिए । उनले चार चौका र १ छक्का हिर्काए । खेलको अन्त्यमा केशव महाराजले ५ चौका र एक छक्का हिर्काउँदै ४० रन बनाए । त्यस्तै, हेनरिच क्लासेनले २८ रन बनाए भने जेराल्ड कोट्जीले २२ तथा क्वीनटन डी ककले २० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ८ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डस्ले सर्वाधिक ७८ रन बनाए । यस क्रममा उनले १० चौका र १ छक्का हिर्काए । रोलफ भान डर मर्वेले २९, अजय दत्तले २३ तथा तेजा निदामानुरुले २० रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को जानसेन र कागिसो रबाडाले २–२ विकेट लिए भने जेराल्ड कोटजी र केशव महारजले १–१ विकेट लिए ।

 




भर्खरै