२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका लगाइदिनुहुने भएको छ । उहाँले असोज ७ गते मङ्गलबार अपराह्न २:०० देखि ३:०० बजेसम्म विशिष्ट र ३:०० देखि ५:०० बजेसम्म सर्वसाधरणलाई टीका–प्रसाद प्रदान गर्नुहुने भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार विजयादशमीको दिन राष्ट्रपति निवासमा राष्ट्रपति पौडेलको हातबाट टीका लगाउन चाहने ‘सम्माननीयहरू, माननीय उपप्रधानमन्त्री एवं मन्त्रीज्युहरू, व्यवस्थापिका–संसद्का माननीय सदस्य, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका प्रमुख एवं २:०० देखि ३:०० बजेसम्म टीका–प्रसाद ग्रहण गर्ने र सर्वसाधरणका लागि ३:०० देखि ५:०० बजेसम्म टीका–प्रसाद गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।

अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणलाई राष्ट्रपति निवासमा टीका–प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोशाकमा १ नं प्रवेशद्वारबाट आउन भनिएको छ ।रासस