२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काखे छोरी खेलाउँदै, पिएचडीको थेसिस लेख्दै ब्याकुल माइला



अ+ अ-

ललितपुर । मुलुक गणतन्त्रमा रुपान्तरित भएपछि प्रदिपकुमार राई अर्थात ब्याकुल माइलाले ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली..’ लेखेका थिए । कूल १ हजार २ सय ७२ वटा गानामध्ये ब्याकुल माइलाको रचनालाई नै संसदले छानेर ‘राष्ट्रगान’ बनाएको थियो ।

त्यतिखेर पेशाले कानून व्यवसायी रहेकोमा आफुले लेखेको गीत राष्ट्रगानको रुपमा छानिएपछि उनले सो पेशा छोडेका थिए । साहित्यकार, लेखक र गीतकार तिनै ब्याकुल माइला अचेल केमा व्यस्त छन त ? उनको डेरामा पुग्दा यस्तो देखियो ।

हिन्दु धर्मावलम्वीहरुको ठुलो चाड वडादशैंको रमझम शुरु भईसक्दा ब्याकुल माइला भने आफ्नै चटारोमा थिए । ४८ वर्षको उमेरमा दोस्रोपटक बाबु बनेपछि कान्छी छोरी मियामालाई स्याहार्नुको ब्याकुलको चटारो एकातिर रहेछ भने अर्काेतिर चारवर्षअघि विद्यावारिधि गर्ने क्रममा बाँकी रहेको विद्यावारिधिको शोध अर्थात थेसिस तयार गरिसक्नु अर्काे चुनौति ।

त्यतिमात्रै नभई आफ्नो जन्मथलो ओखलढुंगाको हिलेपानीस्थित दुधकोेशी किनारमा हरेक वर्षको कोजाग्रत पुर्णिमाको दिनदेखि हुँदै आएको ‘ब्याकुल माइला गोल्डकपको नवौं संस्करण’ को तयारीमा पनि अहिले उनी उत्तिकै व्यस्त देखिन्थे । गोल्डकप यहि कात्तिक ११ देखि शुरु हुँदैछ ।

सानी छोरी मियामा ब्याकुलको अघिपछि दौडिराख्दा उनकी जेठी छोरी निष्ठा भने यो वर्ष एसईईको तयारीमा छिन् । उनी १३ वर्ष भएपछि जन्मेकी कान्छी छोरी ब्याकुल भनेपछि हुरुक्कै हुन्छिन् । ‘नानी २५ महिनाकी भईन्’—ब्याकुलकी पत्नि नानुकला राईले भनीन् ।

विहान र दिउँसोको लागि खाना र खाजा तयार गरी नानुकला कार्यालय गएर साँझ घर नफर्केसम्म सानी छोरीको स्याहार सुसार गर्ने जिम्मा राष्ट्रगानका रचनाकारको हो । किनकी उनी मियामाका बाबा हुन् । मियामा पनि ममीलाई भन्दा बाबालाई बढी पछ्याउँछिन् । नानुकला नेपाल आयल निगममा अधिकृत छिन् ।

एकाविहानैदेखि साँझसम्म सानी छोरीको अघिपछि दौडिनु, उनलाई खानेकुरा खुवाउनु र उनी निदाएपछि थेसिस लेख्न शुरु गर्नु ब्याकुलको दैनिकी बनेको छ अहिले ।

‘सानी छोरीको स्याहार सुसारमा अलमलिन थालेपछि थेसिसको काम ढिलो भएको हो’—उनले भने । ‘त्यसैले म भन्दा पछि विद्यावारिधि गर्न त्रिभुवन विश्वविद्यालयका भर्ना भएका अरु विद्यार्थीले विद्यावारिधि नै सकिसके ।’

उनी २०७६ सालमा ‘विद्यावारिधि शोधार्थी’को रुपमा त्रिविविमा भर्ना भएका थिए । २०७८ भदौमा कान्छी छोरी जन्मिइन् । त्यतिखेरसम्म उनले तीनवटा सेमेष्टर सकिसकेका थिए । कोभिडको कारण भएको लकडाउनको मौका छोपि छिट्टै विद्यावारिधि सक्ने अपेक्षा गरेका थिए उनले । तर भनेजस्तो भएन ।

त्रिविविमा इतिहास, संस्कृति, पुरातत्व, मुर्तिकला, चित्रकला र वास्तुकला विषयमा उनले विद्यावारिधि सकेका हुन् भने त्यसै अन्तर्गतको मुन्धुममा आधारित ‘वाम्बुले राईको पितृ संस्कार’ बारे थेसिस लेख्दैैछन् । उनको अध्ययन कक्षमा यसबारेका थुप्रै सन्दर्भ पुस्तकहरु थिए ।

कानून विषयमा स्नातक सकेपछि उनले जनप्रशासन र समाजशास्त्र गरि दुईवटा विषयमा स्नातकोत्तर सकेका थिए । ओखलढुंगास्थित तत्कालिन महादेवस्थान प्राविको प्रधानाध्यापक रहिसक्नुभएका आफ्ना पिता मानबहादुर राई (हाल स्वर्गीय) जीवित छँदा ‘विद्यावारिधि सकेर मात्रै’ विहे गर्छु भनेर घुर्की देखाउँदै आएका ब्याकुल अन्तत: विहे गरेको १२ वर्षपछि मात्रै विद्यावारिधि गर्न त्रिविविमा भर्ना भएका थिए ।

ओखलढुंगा, हिलेपानीमा २०२९ सालमा जन्मेका ब्याकुललाई गतवर्षदेखि नेपाल सरकारले २५ हजारबाट वृद्धि गरि मासिक ५० हजार रुपैयाँ जीवन यापन भत्ता उपलब्ध गराउँदै आएको छ ।