५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाद्वारा पाकिस्तान ६२ रनले पराजित



अ+ अ-

काठमाडौँ । अस्ट्रेलियाले भारतमा जारी क्रिकेट विश्वकपमा पाकिस्तानमाथि सहज जित हासिल गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको ३५० रनको लक्ष्य पछाएको पाकिस्तान ४५।३ ओभरमा अल आउट हुदै ३०५ रन बनाएको थियो ।

पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक ७० रनको योगदान दिँदा अब्दुल्लाह शफिकीले ६४ रन जोडे । यस्तै मोहम्मद रिजवान ४६, सहुद सकिल ३०, इफ्तिकर अहमद २६, कप्तान बाबर आजम १८, महम्मद नवाज १४ र साहिन साह अफ्रिदीले १० रन जोडे । किस्तानका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानलाई पराजित गर्ने क्रममा अस्ट्रेलियाका एडम जाम्पाले ४, प्याट क्यूमिन्स २, मार्कस स्टोइनिसले २, मिचेल स्टार्क र जोश हेजलउडले एकरएक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर ३४९ रन बनाएको थियो ।

डेविड वार्नरले १२४ बलको सामना गर्दै १६३ रनको योगदान दिए । यस्तै मिचेल मार्शले १०८ रनको सामना गर्दै १२१ रन बनाए।

मार्कस स्टोनिसले २१ र जोश इंग्लिसले १३ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यो सँगै अस्ट्रेलियाले जारी विश्वकपमा दोस्रो जित हासिल गरेको छ । यो जितपछि अस्ट्रेलियाको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ । त्यसैगरी पाकिस्तानको पनि ४ खेलमा २ जित र् २ हारसहित ४ अंक रहेको छ ।

अब पाकिस्तानले आगामी सोमबार अफगानिस्तानविरुद्ध खेल्ने छ भने अस्ट्रेलियाले आगामी बुधबार नेदरल्याण्डससँग खेल्ने छ ।