२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलले ९१ वर्षिया भाउजु विष्णुमाया को हातबाट टिका ग्रहण गर्नुहुने



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षिया भाउजु विष्णुमाया पौडेलको हातबाट यसवर्षको विजया दशमीको टिका ग्रहण गर्नुहुने भएको छ ।

राष्ट्रपति पौडेलले विहान ११ वजेर २ मिनेट जाँदा भाउजु विष्णुमाया पौडेलको हातबाट टिका जमरा र आर्शिवाद लिनुहुने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले भाउजुको हातबाट टिका जमरा र आर्शिवाद लिएपछि परिवारका सदस्यहरूलाई टिका लगाइदिने कार्यक्रम रहेको छ ।

यसैबीच राष्ट्रपति पौडेलले विजया दशमीको दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका दिने कार्यक्रम रहको छ । उहाँले विजयादशमीका दिन राष्ट्रपति कार्यालयमा अपराह्न २:०० देखि ३:०० बजेसम्म विशिष्ट र ३:०० देखि ५:०० बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिनुहुने छ ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले सर्वसाधरणलाई टिका लगाउनका लागि राष्ट्रपति भवनको मूल ढोकामा सहजरुपमा प्रवेशको व्यवस्था गरिएको बताउनुभयो । टिका ग्रहणका लागि मर्यादित पोशाकमा आउन समेत राष्ट्रपति कार्यालयले आग्रह गरेको छ ।