२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : श्रीलंकाको सान्त्वना जित, नेदरल्यान्ड्स पराजित



सदिरा विक्रमासिंघे
अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत लखनउमा सम्पन्न श्रीलंका र नेदरल्यान्ड्स बीचको खेलमा श्रीलंकाले पहिलो जित हात पारेको छ ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको २६३ रनको लक्ष श्रीलंकाले ५ विकेटको क्षतिमा पुरा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले संघर्षपूर्ण २६२ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि सिब्रान्ड एन्जेलब्रेक्टले व्यक्तिगत ७० रन बनाएका थिए । यस्तै लोगान भान बीकले ५९ रन बनाए ।

श्रीलंकाका लागि डिल्सान मधुशन्का र कसुन रजिथाले समान चार चार विकेट लिएका थिए । त्यस्तै महीश थिक्सनाले एक विकेट लिएका थिए ।

२६३ रनको लक्ष श्रीलंकाले १० बल बाँकी छँदै पाँच विकेट गुमाएर पुरा गरेको थियो । श्रीलंकाका लागि सदिरा विक्रमासिंघाले अविजित ९१ रन, पथुम निसान्काले ५४, चरिथ अशालन्काले ४४, धनन्जय डी शिल्भाले ३० रन बनाएका थिए ।

यो जितसँगै श्रीलंकाले ४ खेलबाट २ अंक हासिल गरेको छ, र अंक तालिकामा नवौं स्थानमा छ । नेदरल्यान्ड्स भने रन रेटका आधारमा आठौं स्थानमा छ ।