२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिए–नेपाल: सबस्टेशन निर्माणका लागि सात कम्पनीले दिए निवेदन



अ+ अ-

काठमाडाैंः मिलेनियम च्यालेन्ज कर्पोरेसनको सहयोगमा निर्माण गरिने तीन वटा विद्युत सबस्टेशनका लागि विभिन्न सात कम्पनीले निवेदन दिएका छन् ।

एमसिए नेपालले आज सार्वजनिक गरेको विवरणमा तीनवटा प्याकेज अन्तर्गत प्याकेज १ को ४०० केभी रातमाटे सबस्टेशन, प्याकेज २ को ४०० केभी न्यू बुटबल सबस्टेशन र प्याकेज ३ को ४०० केभीको न्यू दमौली सबस्टेशनका लागि बोलपत्र खोलिएको हो ।

निवेदन दिने कम्पनीका प्रतिनिधिको उपस्थितिमा खोलिएको बोलपत्रमा प्राविधिक पक्ष मात्र सार्वजनिक गरिएको छ, र उनीहरुको प्राविधिक जाँच पश्चात आर्थिक प्रस्ताव खोलिने छ ।

पहिलो पटकको बोलपत्रमा अत्यधिक रकम दाबी गरिएपछि एमसिए नेपालले बोलपत्र नै रद्द गरेको थियो जसका कारण परियोजना तोकिएकै समयसीमा भित्र सम्पन्न हुनेमा आशंका उत्पन्न भइसकेको छ ।

पछिल्लो पटकको बोलपत्रमा सहभागी कम्पनीहरु अधिकांश भारतीय छन् ।

एमसिए नेपालका अनुसार बोलपत्र पेश गर्नेहरु निम्न अनुसार छन् :

१. टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी – भारत
२. लिन्सोन इन्डिया प्रालि – भारत
३. बेटास एन्ड जेडएनसीसी – टर्की र अफगानिस्तान (संयुक्त उपक्रम)
४. टाटा प्रोजेक्ट्स लि – भारत
५. नेसनल कन्ट्राक्टिङ कम्पनी लि – साउदी अरेबिया
६. सिमेन्स लि., भारत – भारत
७. केइसी इन्टरनेसनल – भारत