२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पा जीप दुर्घटनामा ज्यान गुमाउने सबै एकै परिवारका



अ+ अ-

काठमाडौँ । आइतबार साँझ पाल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने सबै एकै परिवारका भएको खुलेको छ । बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको जीप रानीमहलबाट सदरमुकाम तानसेन जाँदै गर्दा रानीमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा छ जनाले ज्यान गुमाएका थिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासी पूर्व देवचुली–१६ रजहरका ६५ वर्षीय कृष्णबहादुर लोहनी, उनकी पत्नी ५६ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना घिताल, नातीहरु ११ वर्षीय सोबिस धिताल, र सबिनाका अर्का अढाई वर्षीय छोरा रहेका छन् ।

त्यसैगरी कृष्णबहादुरका आफन्त लमजुङ वेसीसहर २ भकुण्डेकी ५५ वर्षकी चुना धितालको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए।

दुर्घटनामा कृष्णबहादुरका छोरा ३६ वर्षीय ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन् । उनी जीपका चालक हुन् । उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

करिब ४ बजे बजे तानसेन–१३ स्थित बैकुण्ठेभीरबाट कार १०० मिटर तल खसेको थियो । जीप उकालो सडकमा पछाडि हटेर दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।




भर्खरै