५ असार २०८३, शुक्रबार
,
Latest
बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायो



अ+ अ-

काठमाडौं । आइसीसी एक दिवसीय विश्वकपमा अफगानिस्तानले पाकिस्तानविरुद्ध शानदार जित हात पारेको छ । भारतको चेन्नईमा भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हराएको हो ।

पाकिस्तानले दिएको २८३ रनको लक्ष्य अफगानिस्तानले एक ओभर अगावै पूरा गर्दै दोस्रो जित दर्ता गर्‍यो । अफगानिस्तानका लागि रहमत शाहले अविजित ७७ रन र कप्तान हसमतुल्लाह शहिदीले अविजित ४८ रन बनाए ।

त्यस्तै ओपनर ब्याट्सम्यानद्वय रहमुल्लाहले ६५ र इब्राहिमले ८७ रनको योगदान दिए । यससँगै अफगानिस्तान ४ अंकसहित छैटौं स्थान हासिल गर्दै सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ ।

यसअघि टस जितेर ब्याटिङ गरेको पाकस्तानले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा २८२ रन बनाएको थियो ।

पाकिस्तानको लागि कप्तान बाबर आजमले सर्वाधिक ७४ रन बनाए । त्यस्तै अब्दुल्लाह सफिकीले ५८, इमान उल हकले १७, मोहम्मद रिजवानले ८, साउद सकिलले २५, सदाव खानले ४० र इफ्तिखर अहमदले ४० रन बनाएका थिए ।

अफगानिस्तानका लागि बलिङतर्फ नुर अहमदले ३, नवीन उल हकले २ तथा मोहम्मद नाबी र अज्मातुल्लाह ओमारजाइले १-१ विकेट लिए ।




भर्खरै