१ असार २०८३, सोमबार
,
Latest
झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार श्यामदास वैष्णवको निधन



अ+ अ-

काठमाडौ । नेपाली भाषासाहित्यका महारथी पण्डित श्यामदास वैष्णवको शुक्रबार  साँझ ७ बजे आफ्नै घर ज्ञानेश्वरमा निधन भएको छ । उनको जन्म १९८१ साल साउन ५ गते काठमाडौँमा भएको थियो । पं.वैष्णवका श्रीमती जगतकुमारी वैष्णवका साथै तीन छोरा र चार छोरी छन् । वैष्णव २०७२ सालदेखि मनोरोगले पीडित थिए । 

वैष्णवको शुक्रबार राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने  उनका जेठा छोरा प्रदीप वैष्णवले जानकारी दिए । वैष्णव महाकवि लक्ष्मीप्रसाद देवकोटाका अति प्रिय चेला थिए । देवकोटा व्यास र वैष्णव गणेश भएर देवकोटाका धेरै किताप लेखिएका थिए । वैष्णवलाई देवकोटाका छाया पनि भनिन्थ्यो ।

वैष्णवका कवितासङ्ग्रह र गीतिनाटक गरेर ७ वटा कृति प्रकाशित छन् । वैष्णवले हाम्रो संस्कृति, माधुर्य, झङ्कारको सम्पादन पनि गरेका थिए । वैष्णव गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार, त्रिमूर्ति पुरस्कार, देवकोटा शताब्दी पुरस्कार, भानुभक्त पुरस्कार, मुक्ति पुरस्कार र नइ देरूनीख प्रदीप्ति पुरस्कारबाट सम्मानित थिए ।




भर्खरै