काठमाडौं । कर्णाली प्रदेशमा एमालेको संसदीय दलको आकस्मिक बैठक बस्दैछ । कर्णाली प्रदेश सरकारको पक्षमा पार्टीका पाँच सांसदले मतदान गरेपछि बैठक बस्न लागेको हो । बैठकले ‘फ्लोर क्रस’ गर्ने पाँच सांसदहरूलाई कारवाहीको सिफारिस गर्ने बताइएको छ ।
पार्टीको ह्वीप उल्लंघन गर्दै सांसदहरूले सरकारलाई विश्वासको मत दिएपछि उनीहरूलाई सांसद पदबाट निलम्बन गर्न लागिएको हो । शुक्रबारको प्रदेश सभामा भएको मतदानमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका थिए ।
उनीहरूले विश्वासको मतको पक्षमा मतदान गरेसँगै महेन्द्रबहादुर शाहीको सरकार सरकारलाई विश्वासको मत प्राप्त भएको छ ।












