१ असार २०८३, सोमबार
,
Latest
झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन सडक नाटक (भिडियो सहित)



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आजबाट सडक नाटक शुरु गरेको छ । ‘करदातालाई दबाब दिएर नभई सकारात्मक सन्देश सहित कर तिर्ने वातावरण निर्माण होस भन्ने हेतुले काठमाडौं महानगरपालिकाले ‘आनुसुकी घरबेटी बा सडक नाटक’ शुरु गरेको हो । 

महानगरपालिकाले पहिलो चरणमा काठमाडौं महानगरपालिका भित्रका वसन्तपुर, कालिमाटी, कलंकी, चावहिल, गौसाला, नयाँबानेस्वर लगायतका १० स्थानमा सडक नाटक गर्न लागेको हो । शुक्रबार बसन्तपुर, कालिमाटी र कलंकीमा सडक नाटक भएको छ । सडक नाटक मार्फत कर तिर्दा हुने फाइदा र नतिर्दा हुने बेफाइदाको विषयलाई देखाइएको छ  ।  

काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख डाक्टर शिवराज अधिकारीले करदातालाई कर र दबाबमा कर तिर्नुभन्दा स्वतःस्फुर्त रुपमा कर तिर्नुपर्छ भन्ने अभियान अन्तर्गत सडक नाटक मञ्चन गरिएको बतानउनुभयो । कानूनमा कर सम्बन्धी के व्यवस्था छ, कर कसरी तिर्नुपर्छ, समयमै कर तिर्दा के कस्तो छुट पाउन सकिन्छ भन्ने कुरालाई केन्द्रीत गरेर सडक नाटक गरिएको पनि उहाँले बताउनुभयो । 

महानगरपालिकाले पहिलो पटक सडक नाटक मार्फत कर सम्बन्धी सचेतना फैलाउन लागेको पनि अधिकारीले बताउनुभयो । पहिलो चरणमा आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारमा नाटक देखाइने र विस्तारै सबै स्थानमा नाटक गरिने बताउनुभयो । नाटक मार्फत करदातालाई कर तिर्नको लागि जागरुक गराउने मात्र नभई तिरेको कर राज्यले कसरी सदुपयोग गर्छ भन्ने देखाउन खोजिएको छ । 




भर्खरै