२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी विश्वकपः इङल्यान्डद्वारा श्रीलंकालाई १५७ रनको सामान्य लक्ष्य



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट अन्तर्गतको २५ औं खेलमा इङल्यान्डले श्रीलंकालाई १५७ रनको सामान्य लक्ष्य दिएको छ ।

बेंगलुरुको एम. चिन्नास्वामि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले ३३.२ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनायो । इङल्यान्डका लागि बेन स्टोकले सर्वाधिक ४३ रन बनाए । यस्तै, जोनी बेयरस्टोले ३०, डेविड मलानले २८ र डेबिड बिलेले १५ रन बनाए । यि बाहेक इङल्यान्डका अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका लागि लाहिरु कुमाराले ७ ओभरमा ३५ रन खर्चेर सरवाधिक तीन विकेट लिए । यस्तै, एन्जिलो म्याथयु र कसुन रजिथाले समान २ विकेट लिदा महीश थिक्सनाले एक विकेट लिए ।