२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डमाथि अष्ट्रेलियाको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । आइसिसी विश्वकप २०२३ को २७औं खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हात पारेको छ । युवा ब्याटर रचिन रविन्द्रको सानदार शतकका बाबजुद पनि न्युजिल्यान्ड अष्ट्रेलियासँग पाँच रनले पराजित भयो ।

अष्ट्रेलियाले जितको लागि दिएको ३ सय ८९ रनको विशाल लक्ष्य न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८३ रन बनायो । न्युजिल्यान्डका रचिन रविन्द्रले १ सय १६ रनको शतकीय इनिङ खेले । उनले ८९ बलमा ९ चौका र ५ छक्का प्रहार गरे ।

न्युजिल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा १९ रन चाहिएको थियो । मिचेल स्टार्कको पहिलो बलमा एक रन र दोस्रो बल लेग वाइको रुपमा वाइड हुँदै चौका गएपछि पाँच बलमा जितको लागि १३ रन चाहिएको थियो । पछि दुई बल बाँँकि रहँदा ७ रन चाहिँएको थियो । पाँचौं बलमा दुई रन लिनेक्रममा निसम रन आउट भएपछि खेल थप रोचक बनेको थियो । अन्तिम बलमा जितको लागि ६ रन चाहिएको थियो । तर स्टार्कले डट बल फ्याँकेपछि अष्ट्रेलियाले पाँच रनको रोमान्चक जित हात पार्यो ।

न्युजिल्यान्डका निशमले ५८ रन बनाउँदा ड्यारेल मिचेलले ५४ रन बनाए । तेस्रो विकेटका लागि मिचेल र रविन्द्रले ९६ रनको साझेदारी गरेका थिए । यस्तै, ओपनर डेभन कन्वे २८, विल योंग ३२, टम लाथम २१ र ग्लेन फिलिप्सले १२ रन बनाए ।

अष्ट्रेलिया स्पिनर एडम जाम्पाले सर्वाधिक ३ विकेट लिए । प्याट कमिन्स र जोश हेजलवुडले समान २ विकेट लिए ।

त्यसअघि धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.२ ओभरमा अल आउट हुँदै ३ सय ८८ रन बनाएको थियो ।

अष्ट्रेलिया जितमा ट्रविस हेडले ६७ बलमा १० चौका र ७ छक्कासहित सर्वाधिक १ सय ९ रनको सानदार शतकीय इनिङ खेले । यस्तै, डेविड वार्नरले ६५ बलमा ५ चौका र ६ छक्कासहित ८१ रन बनाए । हेड र वार्नरले १९.१ ओभरमा १ सय ७५ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

मिचेल मार्श ३६, स्टिभ स्मिथ १८, जोश इंग्लिस ३८, प्याट कमिन्स ३७, ग्लेन म्याक्सवेल ४१ र मार्नस लाबुसेनले १८ रन बनाए ।

न्युजिल्यान्डका ग्लेन फिलिप्स र ट्रेन्ट बोल्टले समान ३ विकेट लिए । यस्तै, मिचेल सान्टनारले २ विकेट लिदा जेम्श निसम र म्याट हेनरीले समान एक विकेट लिए ।

यो जितसँगै अष्ट्रेलिया ६ खेलमा ४ जित र २ हारसहित ८ अंकका साथ चौथो स्थानमा छ । न्युजिल्यान्ड ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका ६ खेलमा ५ जित र १ हारसहित १० अंकका साथ शीर्षस्थानमा छ । भारत ५ खेलमा १० अंकका साथ दोस्रो स्थानमा रहदा श्रीलंका पाँचौं, पाकिस्तान छैटौं र इंग्ल्यान्ड नवौं स्थानमा छ ।