२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी विश्वकप: इंग्ल्याण्ड र भारत भिड्दै, यस्तो छ हेड-टू-हेड



अ+ अ-

एजेन्सी । आइसिसी विश्वकप २०२३ को २९औं खेलमा आज साविक विजेता इंग्ल्याण्ड र भारत भिड्दैछन् । लखनउको भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार २:१५ बजेबाट सुरु हुनेछ ।

भारतले जारी विश्वकपमा अपराजित यात्रा कायम गरेको छ । पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको थियो । पछि, अफगानिस्तानलाई ८ विकेट, चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई ७ विकेट, बंगलादेशलाई सात विकेट र न्यूजिल्याण्डलाई चार विकेटले हराएको थियो। आजको खेलमा इंग्ल्यान्डलाई हराउदै भारतले आफ्नो जित कायम राख्दै शीर्ष स्थानमा पुग्ने लक्ष्य राख्नेछ।

अर्कोतर्फ, इंग्ल्यान्डले २०१९ को उपविजेता न्युजिल्यान्डसँग ओपनीङ खेलमा ९ विकेटले हार बेहोरेको थियो । यस्तै, दोस्रो खेलमा बंगलादेशविरुद्ध १३७ रनको जितसँगै विजयी बाटोमा फर्किएको थियो। तर त्यसपछि इंग्ल्यान्डले लगातार तीन खेलमा हार बेहोर्न पुग्यो । इंग्ल्यान्ड लगातार अफगानिस्तानसँग ६९ रन, दक्षिण अफ्रिकासँग २२९ रनले र श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो । लगातार हार बेहोरेसँगै इंग्ल्यान्ड अंकतालिकाको पुच्छरमा पुगेको छ ।

भारत–इङ्गल्याण्ड: एकदिवसीयमा हेड-टू-हेड

भारत र इंग्ल्याण्ड यसअघि १०६ एकदिवसीय खेल खेलिसकेका छन् । जसमा भारतले ५७ खेल जितेको छ भने इंग्ल्यान्डले ४४ खेल जितेको छ। तीन खेल नतिजाविना सकिएका छन् भने दुई खेलमा बराबरी भएको छ।

एकदिवसीय विश्वकपमा भारत र इंग्ल्याण्डबीचको खेल सधैं रोमाञ्चक हुने गरेको छ । आठ खेलमध्ये इङ्ल्यान्डले चार खेल जितेको छ भने भारतले तीन खेल जितेको छ । एउटा खेल भने नतिजाविहीन भएको छ।

भारतको सम्भावित प्लेइङ इलेवन
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा, मोहम्मद शामी, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद सिराज ।

इंग्ल्याण्डको सम्भावित प्लेइङ इलेवन
डेविड मलान, जोनी बेयरस्टो, जो रुट, बेन स्टोक्स, ह्यारी ब्रुक, जोस बटलर (कप्तान /विकेटकीपर), मोइन अली/लियाम लिभिङस्टोन, डेभिड विली, मार्क वुड, आदिल रसिद, गस एटकिन्सन ।