२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्वारा आइसिटी क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई पुरस्कार वितरण



अ+ अ-

काठमाडौं । सरकारले सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरुलाई पुरस्कार वितरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका विभिन्न ५ विधामा आवेदन दिन एक सूचना जारी गरेको हो । 

नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवर्द्धन गर्न हरेक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै आएको छ । उक्त दिवसको अवसरमा नेपालमा सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरु मध्येबाट सर्वोत्कृष्टलाई विभिन्न ५ विधामा पुरस्कार वितरण गरिने सरकारले जनाएको छ । 

सरकारले नेशनल आइसिटी एक्सेलेन्स अवार्ड, नेशनल आइसिटी इन्नोभेसन अवार्ड, नेशनल आइसिटी अवार्ड ९पब्लिक सेक्टर०, नेशनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) र नेशनल आइसिटी एक्सेलेन्स अवार्ड (वुमन) विधामा पुरस्कार प्रदान गर्ने जानकारी दिएको छ । 

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारमा आवेदन दिनका लागि आवेदकले भर्नुपर्ने फारामको ढाँचा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको बताइएको छ । 

आगामी बैशाख ४ गतेभित्र आवेदन फाराम भर्न सकिने छ । आवेदन फाराम [email protected] इमेलमा वा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउन सकिने जनाएको छ ।