२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुर्तेलको आक्रमक ब्याटिङमा नेपालले सिंगापुरलाई आठ विकेटले हरायो- फोटो फिचर



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा कुशल भुर्तेलको आक्रमक ब्याटिङमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको छ ।

१४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर आफ्नो लक्ष्य पुरा गर्यो । नेपालको लागि कुशल भुर्तेलले शानदान अर्धशतक बनाए । उनले २७ बलमा ६ चौका र २ छक्काको सहयोगमा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं अर्धशतक बनाए । भुर्तेलले ४८ बलमा ८ चौका र दुई छक्का प्रहार गर्दै ७४ रन बनाउदै आउट भए ।

यस्तै तेस्रो स्थानमा आएका कप्तान रोहित पौडेलले २ चौका र २ छक्कासहित ३५ रन बनाउदै नटआउट रहे । चौथो स्थानमा आएका कुशल मल्लले एक छक्का प्रहार गर्दै नेपाललाई जिताए ।

ओपनर आसिफ शेख २६ बलमा २ चौका र एक छक्कासहित २७ रन बनाएर आउट भए । पहिलो विकेटको लागि कुशल भुर्तेल र आसिफले ८४ रनको साझेदारी गरेका थिए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रन बनाएका थिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाए । त्यस्तै आर्यवीर चौधरीले ३७, मनप्रित सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे ।

नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई/दुई विकेट लिए ।

अब नेपालले दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्नेछ ।

फोटो- क्यान

 




भर्खरै