२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ महिनापछि राजदूत पाण्डेद्वारा राष्ट्रपति सीलाई ओहोदाको प्रमाणपत्र पेश



अ+ अ-

बेइजिङ । जन गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ समक्ष चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले नेपालको नयाँ वर्षको पहिलो दिन आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । पाण्डेले प्रमाणपत्र हिजो (बुधबार) मात्रै बुझाएका हुन् ।

नेपालसहित २९ मुलुकका राजदूतहरूले राष्ट्रपति सी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । यसैबीच ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै चीनका राष्ट्रपति सीले राजदूत पाण्डेलाई चीनमा स्वागत गर्दै दुई मुलुकबीचको सम्बन्धलाई थप सुमधुर बनाउने वाचा गरे । साथै उनले नेपाली नयाँ वर्षको शुभकामना दिँदै नेपालको विकासमा चीन सहयोग गर्न सदा तत्पर रहेको सीलाई उल्लेख गर्दै दूतावासका एक अधिकारीले बताए ।

राष्ट्रपति सीले चीनमा आयोजना हुने सन् २०२२ को हिउँदे ओलम्पिकमा नेपालको सहयोगको अपेक्षा गरेको पनि बताए । सो क्रममा राजदूत पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश प्रस्तुत गरेका थिए । कोभिड–१९ महामारीका कारण ओहोदाको प्रमाणपत्र बुझाउनअघि त्याउ यू थाई अतिथि गृहमा राजदूतको न्यूक्लिक एसिड परीक्षण गरिएको थियो । त्यसको तीन घण्टापछि जन बृहत् सभाभवनमा ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रमको आयोजना गरिएको हो । कोभिड(१९ का कारण सुरक्षित ढंगले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

पूर्व परराष्ट्र मन्त्री पाण्डेलाई वि।स। २०७६ फागुन १८ मा बसेको मन्त्रिपरिषद बैठकबाट चीनका लागि राजदूतमा सिफारिस गरिएको थियो । २०७७ (२०२० जुलाई) मा कोभिड१९ महामारीबीच आफ्नो कार्यभार सम्हाल्न चीन आए तापनि उनले ओहोदाको प्रमाणपत्र भने बुझाउन पाएका थिएनन् । कूटनीतिक सम्बन्धमा ओहोदाको प्रमाणपत्र बुझाउनु एउटा महत्वपूर्ण कार्यक्रम रहँदैआएको छ ।

यसबीच सन् २०२० जुलाई २८ मा चीनको परराष्ट्र मन्त्रालयबाट प्रमाणपत्र स्वीकार गरेपछि आधिकारिक रूपमा पाण्डेले चीनका लागि राजदूतको पद सम्हालेका थिए । राजदूत पाण्डेले आफ्नो कार्यभार सम्हालेपछि ६,७ वटा प्रान्तहरूको भ्रमण गरिसकेका छन् । साथै चीन नेपाल सम्बन्धित कार्यक्रम तथा विविध कूटनीतिक कार्यक्रम तथा समारोहमा उनको सहभागिता रहँदैआएको छ । गत वर्ष प्रधानमन्त्री ली खछ्याङद्वारा आयोजित एक रात्रीभोजमा पनि राजदूत पाण्डे सरिक भएका थिए ।

यसका साथै चीनका लागि आवासीय राजदूतले चीनबाहेक प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र मङ्गोलियाका लागि गैरआवासीय राजदूतको पद पनि सम्हाल्नु पर्दछ । सन् १९५५ मा नेपाल चीनबीच दौत्य सम्बन्ध स्थापना भएको थियो । सन् १९६१ मा मात्र बेइजिङमा राजदूतावास स्थापना भएको हो । सन् १९५६ देखि १९६१ सम्म भारतका लागि नेपाली राजदूत नै चीनका लागि गैरआवासीय राजदूत रहने गरेका थिए । राजदूत पाण्डे चीनका लागि १६ औँ राजदूत हुन् । २०७७ सालमा कोभिड-राष्ट्रपति सी चिनफिङ १९ महामारीकाबीच आफ्नो कार्यभार सम्हालेका 




भर्खरै