२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वसनीय संक्रमणकालीन न्यायको माग गर्दै द्वन्द्वपीडितहरु सडकमा- फोटो फिचर



अ+ अ-

काठमाडौं । माओवादी शसस्त्र द्वन्द्वपीडितहरुले पीडितको आवश्यकता अनुरुप विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रिया तत्काल थालनी गर्न माग गर्दै सडकबाट सरकारको ध्यानाकर्षण गराएका छन् ।

आम द्वन्द्वपीडित समुदायका तर्फबाट उनीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि उभिएर ध्यानाकर्षण गराएका हुन् ।

द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीका अनुसार, अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको फैसलाको पालना गर्दै पीडितको आवश्यकता अनुरुप विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रिया अबिलम्ब थाल्न माग गर्दै सरोकारवालाको ध्यानाकर्षण गराइएको हो ।

सरकारले हालै संसदमा पेश गरेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रति पीडितहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

द्वन्द्वपीडितहरुले हाल नेपाल भ्रमणका रहनु भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनेबारे सरोकारवाला पक्षसँग पनि छलफल गर्नुपर्ने माग गर्दै आएका छन् ।

उनीहरुले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन पीडित पक्षको आवाज नसुन्ने हो भने एकपक्षीय हुने बताए । उनीहरुले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघको भूमिका महत्वपूर्ण रहेको भन्दै महासचिवको भ्रमणको समयमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने एजेण्डा भइरहँदा पीडित पक्षसँग पनि वार्ता गर्नुपर्ने आफूहरुको माग रहेको बताए ।

द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष अधिकारीले महासचिव गुटेरेसले नेपाल भ्रमणमा रहँदा शान्ति प्रक्रियालाई मुख्य प्राथमिकतामा राख्नुभएको तर पीडित पक्षसँग भेट्न र उनीहरुका आवाज सुन्न बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले आफूहरुले बारम्बार पत्र पठाएर पनि शान्ति प्रक्रियाका बारेमा सरकार पक्षको मात्रै आवाज सुन्दा एकपक्षीय हुने र पीडित पक्षको आवाज सुन्न आग्रह गरेको भएपनि सरोकारवाला पक्ष द्वन्द्वपीडित र नागरिक समाजलाई भेट्न चासो नदिएको पाएको बताउनु भयो ।

उहाँले द्वन्द्वपीडितका विषयमा सरकारले अन्तर्राष्ट्रिय मञ्चमा पटकपटक प्रतिवद्धता जनाउने र लागू गर्ने कुरामा बेवास्ता गरिरहेको आरोप लगाउनु भयो । उहाँले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन सरकारले अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिवद्धताहरु गलत रहेको बताउनु भयो । उहाँले द्वन्द्वपीडितलाई नै नभेटि शान्ति प्रक्रिया टुंग्याउँदा परिपक्व नहुने बताउनु भयो ।




भर्खरै