२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणकालीन न्यायको पक्षमा भइरहेका प्रयत्न उदाहरणीय: महासचिव गुटेरेस



अ+ अ-

काठमाडौं: नेपालको औपचारिक भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटेरेसले आज संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै मध्यपूर्वमा भइरहेका घटनाबाट अत्यन्त दु:खी रहेको बताउँदै इजरायलमा नेपाली मारिएकामा मलाई दु:ख लागेको छ भन्नु भएको छ ।

उहाँले यस घटनामा परी अझै एक जना बिपिन जोशी अझै बेपत्ता छन् र उनको रिहाईका लागि प्रयत्न भइरहेको बताउनुभयो । महासचिव गुटेरेसले जलवायु परिवर्तनले निम्त्याएको संकट समाधानका लागि नेपालले गरिरहेका कार्यहरु प्रशंसनीय रहेको बताउनुभयो ।

“नेपाल शान्तिको प्रवद्र्धक मुलुक हो, यसबाट विश्वले सिक्नु पर्दछ । दिगो विकास लक्ष्यप्रति नेपालले गरिरहेको कार्य उल्लेखनीय छ । यसमा नेपाललाई सहयोग गर्न राष्ट्रसंघले निकै गर्वको महशुस गरेको छ ।” उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रसंघ सहज संक्रमणका लागि सहयोग गर्न राष्ट्रसंघ तयार छ । संक्रमणकालीन न्याय निकै महत्वपूर्ण छ, र यसबाट न्याय प्राप्त गर्न निकै प्रयत्न गर्नु पर्दछ ।

नेपालले संक्रमणकालीन न्यायका पक्षमा गरिरहेको प्रयास अन्तर्राष्ट्रिय मान्यता बमोजिम अघि बढ्नेमा मलाई विश्वास छ ।” महासचिव गुटेरेसले भन्नुभयो, “राष्ट्रसंघ र नेपालको सम्बन्ध सधैं मित्रवत छ ।

नेपाल ठूला र शक्तिशाली मुलुकको दाँजोमा सानो होला, तर विश्व शान्तिका लागि नेपाली सेनाको योगदान अतुलनीय छ । राष्ट्रसंघमा गरेको योगदानका क्रममा ज्यान गुमाएका सैनिकप्रति एक मिनेट मौनधारण गर्न आग्रह गर्दछु ।”

तस्बिर : रत्न श्रेष्ठ/रासस




भर्खरै