२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुटेरेसले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउनुपर्नेमा जोड दिनुभयोः ओली



file photo
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई गर्नुभएको सम्बोधन धेरै राम्रो रहेको बताउनुभएको छ ।

मंगलवार महासचिव गुटेरेसले संघीय संसदलाई सम्बोधन गरेलगत्तै उहाँले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनुभएको हो । त्यस अवसरमा अध्यक्ष ओलीले संसदमा गर्नुभएको सम्बोधनका लागि महासचिव गुटेरेसलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । उहाँले महासचिव गुटेरेसले नेपालको र नेपाली राष्ट्रबारे राम्रो मूल्यांकन गरेको धारणा राख्नुभयो ।

गुटेरेसले पीडित केन्द्रित भएर नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषदको सुझावलाई ध्यानमा राखेर नेपालले शान्ति प्रक्रियाको कामलाई निष्कर्षमा पु¥याउनुपर्ने बताएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसले छिट्टै पूर्णता पाउने कामना समेत गरेको बताउनु भयो । उहाँले वातावरणीय विनाश रोक्न नेपालले दिएको योगदानको पनि खुलेर महासचिव गुटेरेसले प्रशंशा गरेको पनि बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसले केही महत्वपूर्ण विषयहरु प्रकाश पार्नुभएको छ । नेपालको संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले वातावरणको बारेमा, त्यसै गरेर गरिवी निवारणको बारेमा, अरु शान्ति प्रक्रियालाई टुंग्याउने बारेमा, विभिन्न विषयमिा उहाँले प्रकाश पार्नु भएको छ । र, नेपालको, नेपाली राष्ट्रको उहाँले राम्रो मूल्यांकन गर्नुभएको छ । र, गरिव देशहरुलाई सम्पन्न देशहरुले सहयोग, समर्थन गर्नुपर्छ । र, संयुक्त राष्ट्र संघमा जनाएका प्रतिवद्धता अनुरुप वातारणीय विनाश रोक्न नेपालको सजगता र योगदानप्रति उहाँले विशेष प्रशंशा गर्नुभएको छ ।

शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रित भएर ट्रान्जिशनल जष्टिस उनीहरुलाई उपलब्ध गराएर नेपालको सुप्रिम कोर्ट र विश्व मानव अधिकार परिषदका सुझावहरु समेतलाई ध्यानमा राखेर यसलाई समाधान गर्नु पर्छ । सकेसम्म छिटो समाधान होस् भन्ने कामना गर्नुभएको छ । र, म मेरो पार्टीको तर्फबाट उहाँहरुलाई धेरै धन्यवाद भन्न चाहन्छु । हामी हामी सिंगै संसदले उहाँलाई धन्यवाद भनेका छौं । उहाँको सम्बोधन संक्षिप्तमा भन्दा धेरै राम्रो छ ।’

अध्यक्ष ओलीले महासचिव गुटेरेसले आफ्नो सम्बोधनमार्फत गरिव देशहरुलाई सम्पन्न देशहरुले सहयोग र समर्थन गर्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको पनि बताउनु भयो ।