२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै एक खेल पनि नहारी विश्वकप जित्ने देश



२००३ को विश्वकप विजेता अष्ट्रेलिया टोली
अ+ अ-

एजेन्सी । भारतमा जारी एकदिवसीय विश्वकपमा ४८ खेलमध्ये ३१ खेलहरु सम्पन्न भइसकेका छन् । १० टोली सहभागी यस विश्वकपमा अन्तिम चार (सेमिफाइनल)मा स्थान बनाउनका लागि टोलीहरु प्रतिस्पर्धामा छन् ।

यद्यपि, बंगलादेश भने प्रतियोगिताबाट बाहिरिसकेको छ । भारत ६ खेलमध्ये सबै खेल जितेर अंकतालिकाको शीर्षस्थानमा छ । विश्वकप इतिहासमै एक खेल पनि नहारी उपाधि जित्ने टोलीबारे जान्नका लागि जोकोही क्रिकेट फ्यान उत्सुक हुने गर्छन् ।

सन् १९७५ देखि लिएर २०१९ सम्म आईपुग्दा केबल ६ राष्ट्रले मात्र विश्वकप जित्न सफल भएका छन् । ती पाँच राष्ट्रहरु वेस्ट इन्डिज, अष्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलंका र इंग्ल्याण्ड हुन् । विश्वकपको पहिलो संस्करणदेखि लिएर २०१९ सम्म केबल दुई टोलीले प्रतियोगितामा एक खेल पनि नहारी उपाधि जितेका छन् ।

यो उपलब्धी विश्वकप जित्ने ६ टोलीमध्ये वेस्ट इन्डिज र अष्ट्रेलियाले हासिल गरेका छन् । सन् १९७५ मा क्लाइभ लयडको कप्तानीमा वेस्ट इन्डिजले पहिलो संस्करणमा प्रतियोगिताको सबै ५ खेलहरु जितेर च्याम्पियन बनेको थियो । यस्तै, सन् १९७९ मा वेस्ट इन्डिजले आफ्नो जीतलाई कायम राख्दै उपाधि जितेको थियो ।

सन् २००३ मा रिकि पोन्टिङको कप्तानीमा अष्ट्रेलियाले विश्वकपका सबै ११ खेलहरु जितेको थियो । यस्तै, २००७ मा पोन्टिङकै कप्तानीमा अष्ट्रेलियाले पुनः ११ खेलहरु जितेर च्याम्पियन बनेको थियो ।