२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका संस्कृति–सम्पदालाई विश्वमा चिनाउने एकमात्र माध्यम चलचित्र क्षेत्र: उपप्रमुख डंगोल



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकाका संस्कृति र सम्पदालाई विश्वमा पुर्‍याउने एकमात्र माध्यम चलचित्र क्षेत्र रहेको बताउनुभएको छ ।

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गरेसँगै बुधवार काठमाडौं महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले युनेस्कोले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गर्नुले झनै चुनौति थपिएको बताउनु भयो । उहाँले काठमाडौं आफैँमा क्रिएटिभ शहर भएको बताउनु भयो । उहाँले खानेकुरा, संगीत, डिजाइन, सबै क्षेत्रमा काठमाडौं रचनात्मक शहर भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजोमात्रै रिजल्ट आउट भएको छ, काठमाडौं युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा एउटा सिटी छानिएको छ । ५५ वटा नयाँ सिटी छानिएको थियो । काठमाडौं आफैँमा क्रिएटिभ सिटिज हो । यो एउटा मात्रै सेक्टर भनेर भन्न सक्दैनौँ, खानेकुरा, संगीत, डिजाइन, सबै क्षेत्र हेर्दा सबै कुरामा क्रिएटिभ छ । ऐतिहासिक रुपमा नै । काठमाडौंको कला, डिजाइन, फिल्म सब सम्पदाहरु सबैलाई विश्वमा देखाउन फिल्म नै एउटा माध्यम हो भन्ने लागेपछि यो विधा छानेका थियौँ । यो हाम्रो लागि एउटा अवसर पनि हो ।’

उपप्रमुख डंगोलले काठमाडौंको कला, डिजाइन, फिल्म लगायत सांस्कृतिक सम्पदाहरु विश्वमा देखाउन चलचित्र क्षेत्र नै एकमात्र माध्यम भएको जिकिर गर्नुभयो ।