२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यकुमार यादवले रिपोर्टर बनेर मुम्बईमा फ्यानहरूलाई झुक्याएपछि…



अ+ अ-

एजेन्सी । टीम इन्डियाका मिडल अर्डर ब्याट्सम्यान सूर्यकुमार यादवले बुधबार मुम्बईको मरिन ड्राइभमा एक रिपोर्टरको रूपमा प्रस्तुत हुँर्द प्रशंसकहरूको प्रश्नको जवाफ दिए ।

यस क्रममा सूर्यले अनुहारमा मास्क लगाएका थिए । उनको हातमा क्यामेरा पनि थियो । सूर्यले मानिसहरूसँग कुरा गर्छन्, तर उनलाई कसैले चिन्न सक्दैनन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यो रमाइलो भिडियो सेयर गरेको छ ।

बीसीसीआईले सेयर गरेको भिडियोमा सूर्य मास्क र चश्मा लगाएर कोठाबाट बाहिर निस्किए र रविन्द्र जडेजाले पनि उनलाई चिन्न सकेनन् । यसपछि सूर्यले आफू मरिन ड्राइभ जाँदै गरेको बताउँछन् । जडेजाले उनलाई कसैले चिन्न नसक्ने बताउँछन् ।

होटलबाट बाहिरिएपछि सूर्य मरिन ड्राइभमा गएर मुम्बई र विश्वकपका बारेमा फ्यानहरूबाट प्रश्न र जवाफ सोध्छन् । यस अवधिमा उनलाई कसैले चिन्न सक्दैनन् ।

भारतले भोलि अर्थात् नोभेम्बर २ मा मुम्बईको वानखेडे स्टेडियममा श्रीलंकासँग खेल्नेछ । भारतीय टोली अंक तालिकाको शीर्ष स्थानमा छ । ६ मध्ये सबै ६ खेल जितेर भारतको १२ अंक छ ।

भारतीय टोलीले अझै ३ खेल खेल्न बाँकी छ । दक्षिण अफ्रिका तालिकाको दोस्रो स्थानमा छ । ६ मध्ये ५ जित्दै दक्षिण अफ्रिकाको १० अंक छ । उसको पनि ३ खेल बाँकी छ ।