२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घडीको सुइँ हेरेर देशले भोगिरहेको संकटबाट मुक्त हुन सकिन्न: राप्रपा प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले आजदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै खुलाउने भनी गरेको निर्णय अनुचित र गलत भएको जनाएको छ ।

राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले कार्यलय समय घटाउने सरकारको निर्णय अनुचित रहेको बताउनुभयो । उहाँले भन्नुभयो घडीको सुइॅ हेरेर देशले भोगिरहेको विद्यमान संकटबाट मुक्त हुन सकिन्न ।

श्रेष्ठले विभिन्न बहानामा दिइने अधिक सार्वजनिक बिदाको मार खेपिरहेको देशमा चिसो र दिन छोटो हुने अर्को बहानामा सरकारी कार्यालयको समय घटाएर ६ घण्टा मात्रै कायम गरिनु उपयुक्त नहुने भन्दै निर्णयमा पुनर्विचार गर्न आग्रह गर्नुभयो ।