२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको छ: काँग्रेस सचेतक लेखक



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकलाई नेपाली काँग्रेसको तर्फबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् भन्ने किसिमले प्रायोजित रुपमै आक्रमण भइरहेको बताउनु भयो । उहाँले यो संविधान र व्यवस्था असफल भए मुलुक खतरामा जाने दाबी गर्नुभयो ।

उहाँले संविधान सफल बनाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनु भयो । उहाँले संविधान सफल गर्नका लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक दलहरु संविधानको सुरक्षाका लागि र व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब यो संविधान असफल गर्ने छुट हामीसँग छैन । यदी यो संविधान असफल भयो भने मुलुक एउटा अत्यन्त अनिष्टकारी खतरा, अफ्ठ्यारोमा पुग्न सक्छ । किनभने यो संविधान मुलुकमा धेरै ठूला राजनीतिक संघर्षहरु क्रान्ति, बलिदानहरु ७० वर्ष लामो योगदानबाट प्राप्त भएको हो । यो संविधान पनि असफल हुने स्थिति आयो भने यसले मुलुकलाई राम्रो गर्दैन । यो संविधान सफल गर्नुछ । यो संविधान सफल गर्नका लागि पनि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्छ । यो संविधान र अहिलेको व्यवस्थामा यदाकदा यसका बिरुद्धमा आवाज उठाउने गरिएको छ ।’

‘प्रायोजित रुपमा उठ्ने गरेको छ । यो व्यवस्थै खराब हो, यो संविधान नै खराब हो । यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् । पुराना राजनीतिक दलहरु बेठिक हुन्, यि अब काम लाग्दैनन्, केही काम गर्न सक्दैनन् भन्ने एउटा प्रायोजित ढंगले भाष्य तयार गर्ने प्रयत्न भइरहेको छ । यो देशका लागि खतरा छ । यो संविधान र व्यवस्था असफल भयो भने मैले आग्रह गरेँ । यसले मुलुक ठिक ठाउँमा पुग्दैन । हामी राजनीतिक दलहरु यो संविधानको सुरक्षाका लागि र यो व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी छ । कतिपय प्रायोजित कुरा छन् ।’

प्रमुख सचेतक लेखकले प्रायोजित षड्यन्त्रलाई चिर्न सबै दलहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।