२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद ठूला भनिएका तीन दलहरु बाहेकका लागि अनुदार छ: रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद ठूला भनिएका तीन दलहरु बाहेकका लागि अनुदार रहेको आरोप लगाउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठूला भनेका दलको सिण्डिकेट संसदमा लादिने काम भएको बताउनु भयो । उहाँले संसदमा दर्ता भएका संकल्प प्रश्तावहरुको छलफल नचलाउँदा असान्दर्भिक हुन पुगेकोप्रति संसदको ध्यानाकर्षण गराउनु भयो । उहाँले नागरिक र सरोकारवालको सुझाव नलिइ कानून बनाउने प्रवृत्तिका कारण कानूनहरु राम्रो बन्न नसकेको दाबी गर्नुभयो । उहाँले संसदले सत्ता पक्षको बहुमतको बलमा कानून बनाउँदा जनताको राय लिने स्वभाविक प्रक्रियालाई निरुत्साहीत गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘ठूला भनेका दलको सिण्डिकेट लादिने यो संसदमा संकल्प प्रश्ताव कार्यसूचिमै चढ्न सकेन । बेलैमा छलफल नचलाउँदा ति प्रश्ताव अहिले असान्दर्भिक भएका छन् । तर समस्याको दीर्घकालीन समाधानको लागि प्रश्ताव ढिलो चाँडो छलफल चलाउनै पर्छ । नागरिक र सरोकारवालको सुझाव नलिइ कानून बनाउने प्रवृत्तिका कारण कानूनहरु राम्रो बन्न नसकेको बताउनु भयो । कानून बनाउनुअघि जनतासमक्ष लैजानुपर्ने रास्वापको प्रश्ताव थियो । तर यो संसदले सत्ता पक्षको बहुमतको बलमा कानून बनाउँदा जनताको राय लिने स्वभाविक प्रक्रियालाई निरुत्साहीत गरियो । कानून बनाउँदा राय लिउँ भन्ने बहुमतको बलमा पेलिँदो रहेछ । यो संसद ठूला भनिएका तीन दलहरु बाहेकका लागि अनुदार छ ।’

सभापति लामिछानेले विदेश भ्रमणले देशको यज्ज्त बढेपनि अर्थतन्त्र चलायमान बन्न नसकेकोप्रति दु:ख व्यक्त गर्नुभयो ।