२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय व्यवस्था भनेपनि सांसदका कुरा लागू हुँदैनन्: अध्यक्ष राउत



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले शीर्ष तीन नेताहरुले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नाम मात्रैको लोकतन्त्र रहेको बताउनु भयो । उहाँले संसदीय व्यवस्था भनेपनि सांसदहरुले भनेका कुरा लागू नहुने गरेको बताउनु भयो । उहाँले देश ३५ वर्ष यता तीन जना नेताहरुमै घुमिरहेकाले त्यसलार्य चिर्न आफूहरु आएको बताउनु भयो । उहाँले जनताका गास, बास र कपास,शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षाका अपेक्षालाई पूरा गर्नुपर्ने जिम्मेवारी आफूहरुमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रोमा कस्तो देखियो भने, भन्नलाई लोकतन्त्र भन्छौँ । हिजो पनि संसदमा सुन्नुभएको होला । भन्नलाई संसदीय व्यवस्था भन्छौँ तर त्यहाँ सांसदले भनेको कुरा खासमा लागू हुँदैन । दुई तीन जना नेताले जे भन्नुहुन्छ त्यही हुन्छ । त्यो व्यवस्थालाई चिर्ने । दुई चार जना नेताले मात्रै ३०–३५ वर्ष देश चलाइरहेको छ । तिनीहरुको सेरोफेरोमा देश घुम्दै आएको छ । जनताले के चाहेको हो ? गास, बास र कपास । शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा । जनताले चाहेको कुरालाई नै सम्बोधन गर्न जनताकै मत अनुरुप चल्ने पार्टी जनमत पार्टी हो । त्यसैले जनमत पार्टी नाम राखेका हौँ । जनमत पार्टी पहिलो प्रयासमै निर्वाचनमा भाग लिएपछि पहिलो पार्टी बन्न सफल भयो । आगामी दिनमा जनमत पार्टी यो देशकै भविष्य हो । वैकल्पिक धारको रुपमा स्थापित छ ।’

अध्यक्ष राउतले जनताको भरोसालाई इमान्दारितकासाथ पूरा गर्ने जिम्मेवारी आफ्नो पार्टीलाई आएको बताउनु भयो । उहाँले पार्टीलाई राष्ट्रव्यापी रुपमा बिस्तार गर्ने बताउनु भयो । उहाँले आफू मन्त्री बन्नकै लागि पार्टी खोलेर राजनीतिमा नआएको बताउनु भयो ।