२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिनलाई पनि पछि पारे विराटले



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ को ३३औं खेलमा भारतले श्रीलंकामाथि ३०२ रनको ठूलो जित हासिल गर्यो । यो खेल जितेर विराट कोहलीले सचिन तेन्दुलकरको ठूलो कीर्तिमान तोडेका छन् ।

विराट भारतका सबैभन्दा सफल खेलाडी बनेका छन् । त्यस्तै, विश्वमा विराटभन्दा अगाडि अष्ट्रेलियाका पूर्व क्रिकेटर रिकी पोन्टिङ र श्रीलंकाका पूर्व क्रिकेटर महेला जयवर्धने मात्रै छन् ।

वास्तवमा विराट भारतका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल जित्ने खेलाडी बनेका छन् । यसको मतलब उनी अधिकांश खेलमा भारतको जितमा सहभागी भएका छन् । श्रीलंकाविरुद्धको जितसँगै उनले यो कीर्तिमान आफ्नो नाममा गरेका हुन् ।

विराटले भारतका लागि टेस्ट, ओडीआई र टी–२० गरी तीनवटै फर्म्याट गरी ५१४ अन्तर्राष्ट्रिय खेल खेलेका छन् र ३०८ खेल जितेका छन् । उनी १६६ पराजयमा टोलीको हिस्सा थिए । उनको कार्यकालमा सात अन्तर्राष्ट्रिय खेल टाई भएका थिए भने २१ खेल बराबरी भएका थिए । १२ खेलमा नतिजा आएको छैन ।

यो सूचीमा सचिन तेन्दुलकर दोस्रो नम्बरमा छन् । उनले भारतका लागि ६६४ खेल खेलेका छन् भने ३०७ खेल जितेका छन् । उनले २५६ खेलमा हार बेहोरेका थिए । पाँच खेल टाइमा परेका छन् भने ७२ खेल बराबरीमा परेका छन् । २४ खेलमा नतिजा आएको छैन ।

महेन्द्र सिंह धोनी सूचीको तेस्रो नम्बरमा छन् । उनले भारतका लागि ५३८ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमध्ये उनले २९८ खेलमा जित हात पारेका थिए । १८६ खेलमा उनले हार बेहोरे । सात खेल टाइ र ३० खेल बराबरीमा परेका छन् भने १७ खेलको नतिजा आएको छैन ।