२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार हत्याराको पछि थियो, तर फैसलापछि मलाई आँट र हिम्मत आयो: भारती मानन्धर



अ+ अ-

काठमाडौं । नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका रिगल डन भनिने योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले आममाफी दिएको थियो । रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिईन् ।

रिट निवेदक भारतीले सर्वोच्चको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सिंगो सरकार हत्याराको पक्षमा लाग्दा पनि आफूले न्याय पाएको भन्दै अदालतलाई धन्यवाद दिईन् । फैसलापछि आफूले न्यायाधीशहरुप्रति शब्दमा धन्यवाद पनि व्यक्त गर्न नसकेर न्यायलयको सम्मानमा सर्वोच्चको सिँढी ढोगेर धर्धरी रोएको सुनाईन् ।

सरकारका कुर्सीहरु बिकिसकेकाले न्यायाधीशको कुर्सी पनि बिक्छ भन्ने आफ्नो धारणा फैसलाले गलत सावित गरिदिएको उनले बताईन् । ‘फैसला सुन्दा अब न्यायाधीशरु पनि बिक्छन् होला भन्ने जुन मेरो सोच थियो, त्यो देखि म गलत भए । त्यो फैसलापछि म यति खुसी भएँ, आफ्ना कुरा भन्न नसकेर म धर्धरी रोएँ । मैले अदालतको सिँढी ढोगेँ । सिंगो सरकार हत्याराको पछि लागेको थियो । फैसलापछि मलाई आँट र हिम्मत आयो । सरकारका कुर्सी बिकिसकेपनि न्यायलय बिकेको रहेनछ भन्ने सोचेर मैले अदालतको सिँढी ढोगेकी हुँ,’– उनले भनिन् ।

नेपाल सरकार र राष्ट्रपतिले पैसामा बिकेर हत्याराहरुलाई आममाफी दिएको उनले बताईन् । सरकारजस्तै न्यायलय पनि बिकेको छ कि भनेर आफ्नो विश्वास डग्मगाइरहेको अवस्थामा त्यो गलत साबित भएको उनले बताईन् ।

फैसला सुन्ने क्रमको आफ्नो मनोभावना सुनाउँदै उनले भनिन्, ‘उहाँहरु (न्यायाधीश) पनि कुनै राजनीतिबाट जोडिएका हुन्छन् होला, उहाँहरुले पनि मलाई के न्याय दिनुहुन्छ होला र रु दवावमा आएर उहाँहरुले पनि मलाई न्याय दिनुहुन्न होला भनेर म डगमगाएको थिएँ । मैले फैसला सुनेँ । मैले आँखा बन्द गरेर दुई जना साथीहरुको हात पक्रिएर फैसला सुनिरहेको थिएँ । सत्यको जीत हुन्छ कि हत्याराहरुको जीत हुन्छ भन्ने सोचमा म थिएँ ।’

उनले अन्यायमा परेका आम पीडितहरुलाई न्यायका लागि लड्न समेत आह्वान गरिन् ।