१ असार २०८३, सोमबार
,
Latest
इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधार, संस्थागत विकास र प्रविधिमैत्री निर्वाचनमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०३० को अन्त्यसम्म दीगो विकासको लक्ष्य भेटिने परराष्ट्रमन्त्री ज्ञवालीको दाबी



अ+ अ-

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्रकृतिक विपत्ती र कोरोना महामारीको वावजुत पनि राष्ट्रिय विकासको लक्षय हासिल गर्न सफल हुने दाबी गर्नुभएको छ ।

काठमाडौंमा नेपाल विकास अनुशन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ती, महामारीले चुनौति थपे पनि विकासको लक्ष्य भेट्ने बताउनुभयो । नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेपनि सन २०३० को अन्त्य सम्म दीगो विकासका लक्ष्य भेट्टाउने दृढता व्यक्त गर्नुभयो । 

नेपालमा विकास अनुशन्धान प्रतिष्ठान जस्ता संस्थाहरुले नेपालको विकासको सम्भावना र चुनौति पहिल्याउन, सुझाव दिन, नीति निर्माण बनाउन ठूलो भूमिका खेल्न सक्ने पनि बताउनुभयो । नेपालको विकासमा अध्ययन अनुशन्धानको ठूलो महत्व रहेको भन्दै मन्त्री ज्ञवालीले भइरहेको विकासको अडचन फुकाउन पनि यस्ता संस्था सहयोगी हुने बताउनुभयो । 

नेपालले २००४ मा स्थापना गरेको विकास अनुशन्धान प्रतिष्ठानले सरकार र सरकारका विभिन्न निकायलाई नीतिगत सहयोग गर्दै आएको छ । विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई संस्थागत संरचनामा गोलबन्द गरी विकास निर्माण, योजना तर्जुमा, जलवायु परिवर्तन, गरिवी निवारण, प्राकृतिक विपत्ती न्यूनिकरण जस्ता क्षेत्रमा नीतिगत सुझाव दिँदै आएको छ ।