२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय माग्दा डर, त्रास र धम्की आएः भारती मानन्धर



अ+ अ-

काठमाडौँ । संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धरले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप शासह दिएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरु आएपनि अन्ततः न्याय पाएको बताउनु भयो । उहाँले आफ्नो टिमले कुनैपनि लोभ लालचमा नलागीकन आफ्नो सहयोग गरेकाले न्याय मिलेको बताउनु भयो । उहाँले अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बीचमा धेरै बाधाहरु आए, धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन । होइन भने मेरो कुनै भिडियो बनाएर दिए पैसाको बिटो दिन्छौँ भनेका थिए । अन्यायमा परेको महिलालाई बाटो दे, अरु महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलागि लाग्नुभयो । पीडा नपरेको मान्छेलाई हो मा हो भन्ने तर साथ नदिने रहेछन् । म पछि हटे म जस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अिघ बढेँ ।’

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले गत संविधान दिवसको अवसरमा आममाफी दिएको थियो । रिगलको आममाफीबिरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो ।