२४ जेष्ठ २०८३, आईतवार
,
Latest
इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध स्वयम्भू महाचैत्य संरक्षणको महत्वपूर्ण कार्य प्रारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पबाट घाइतेहरुलाई शीघ्र उद्धार र उपचारको प्रबन्ध मिलाउन अध्यक्ष ओलीको आग्रह



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरुलाई शीघ्र उद्धार र उपचारको प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत भूकम्पमा परेकाहरुको उद्धार प्रभावकारी हुन नसकेको भन्दै सबैलाई उद्धारमा खटिन अपिल समेत गरेका छन् ।

ओलीले भनेका छन् ‘मध्यरातमा आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको छ। ६.४ म्याग्निच्युटको भूकम्पले कयौं घाइते छन्, राती आएको भूकम्पका कारण उद्दार प्रभावकारी हुन सकेको छैन होला। मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोन मार्फत जानकारी लिएँ । यतिबेला त्यहाँ उद्दार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ। सबै साथीहरु उद्दारमा खटौँ । घाइतेहरुलाई शीघ्र उद्दार र उपचारको प्रबन्ध गरौं । यो बाहिरकाले सहयोग पुर्याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नु पर्ने समय हो।’

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो ।