काठमाडौं । आज बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । आज (मङ्गलबार) सुनको मुल्य तोलामा रु १ सयले घटेको हो ।
हिजो (सोमबार) प्रतितोला रु ८९ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज रु १ सयले घटेर प्रतितोला रु ८९ हजार ५ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला रु ८९ हजार ५० कायम भएको छ । त्यस्तै चाँदीको मुल्य तोलामा रु १२६० कायम भएको महासंघले जनाएको छ ।







