२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएन जापानका अध्यक्षको प्रष्टीकरण: आर्थिक गतिविधिमा मेरो संलग्नता छैन



अ+ अ-

टोकियो/जापान । एनआरएन जापानका अध्यक्ष देवीलाल भण्डारीले मृतकको रकम हिनामिना गरेको भनि प्रकाशित समाचारमा सत्यता नरहेको बताएका छन् । २०१७ को जुलाई महिनामा सडक दुर्घटनामा परि मृत्यु भएका हृदेश जिसीको बिमा बापत प्राप्त भएको रकम हिनामिना गरेको भनि एक साप्ताहिक पत्रिकाले समाचार प्रकाशन गरेपछि भण्डारीले त्यतिबेलाका आर्थिक गतिबिधि बारे आफुलाई कुनै जानकारीनै नभएको बताएका हुन् ।

'बिमा रकम के कति आएको हो र के कति नेपाल पठाएको हो मलाइ जानकारी छैन७३घढस न्यूज पोलार संग कुरा गर्दै भण्डारीले भने ७३घढसअदालतको निर्णय बमोजिम जापानी वकिलले बिमा रकम लिएको र उसै मार्फत मृतकका बाबुको खातामा जम्मा भएको हो। 'अदालतको निर्देशन अनुसार जापानी वकिल मार्फत आर्थिक कारोबार भएको र आर्थिक कारोवार बारेको बिल भरपाई अदालतमै रहेको भण्डारीको भनाइ छ । 'मुद्दा अझै टुङ्गिएको छैन, टुङ्गिएपछि सबै बिल भरपाई प्राप्त हुन्छन जस्तो मलाइ लाग्छ ' उनले भने 'म संग सम्बन्धनै नभएको बिषयमा कसरि आरोप लगाइएको हो बुझ्न
सकेको छैन ।'

भण्डारीले आफुलाई लगाएको आरोप पुष्टि गर्न चुनौती समेत दिएका छन् । 'समाचार प्रकाशन गर्नुपूर्व बास्तबिकता के हो बुझ्नु आबश्यक थियो' उनले भने 'हिम्मत छ भने वकिल संग कुरा गर्नुहोस् र यो घटना संग सम्बन्धित रकम मेरो खातामा डिपोजिट भएको मात्रै पनि देखाउनुस, म जस्तो सुकै सजाय भोग्न तयार छु ।' उक्त घटना संग सम्बन्धित कुनै पनि आर्थिक लेनदेनमा आफ्नो संलग्नता नरहेको उनको दावी छ ।