२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाबाट लिङ्देनले ज्ञानेन्द्र शाहीलाई भुकम्प प्रभावित क्षेत्र जाजरकोट खटाए



अ+ अ-

काठमाडौं । राप्रपाले भुकम्पग्रस्त क्षेत्रमा उद्धार कार्यमा सहयोग पुऱ्याउनका लागि प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयमसेवकहरूको टोली खटाइएको छ।

पार्टीको विभिन्न कार्यक्रमको सिलसिलामा अमेरिका भ्रमणमा रहनुभएका अध्यक्ष राजेन्द्र लिङ्देनले सुदुरपश्चिम क्षेत्रका विभिन्न जिल्लामा पार्टीको अभियानमा व्यस्त रहेका शाहीलाई बॅाकी अन्य सबै कार्यक्रमहरू स्थगन गरेर प्रभावित क्षेत्रमा आजै पुग्न निर्देशन दिनुभएपछि शाही टोली सहित जाजरकोटतर्फ प्रस्थान गरिसकेका छन्।

लिङ्देनले सबै भातृसंगठन तथा छिमेकी जिल्लाका पार्टीका सबै कार्यकर्ता साथीहरूलाई पनि उद्धार तथा राहतका कार्यमा सहभागी हुन अनुरोध गर्नुभएको छ।