५ असार २०८३, शुक्रबार
,
Latest
सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : न्युजील्यान्डको जितमा वर्षा बाधक, पाकिस्तानले जित्यो खेल



फखर जमान र बाबर अाजम
अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत शनिबार बेंगलोरमा सम्पन्न खेलमा न्युजील्यान्ड पाकिस्तानसँग पराजित भएको छ ।

वर्षाले खेल रोकिएसँगै पाकिस्तानले डकवर्थ लेविसका आधारमा २१ रनले विजयी भएर महत्वपूर्ण २ अंक हासिल गरेको छ । पाकिस्तानको जितमा पाकिस्तानी ब्याटर फखर जमानको धुँवाधार अविजित १२६ रन तथा कप्तान बाबर आजमको अविजित ६६ रन महत्वपूर्ण रह्यो । ८१ बल सामना गरेका फाखरले ११ छक्का र ८ चाैका प्रहार गरेका थिए ।

डकवर्थ लेविसका आधारमा पाकिस्तानलाई २५.३ ओभरमा १८० रन बनाउनु पर्ने भए पनि पाकिस्तानले एक विकेट गुमाएर २०० रन बनाएको थियो ।

न्युजील्यान्डले पहिले ब्याटिङ गर्दै पाकिस्तानसामु जितका लागि ४०२ रनको विशाल लक्ष्य दिएको थियो ।

न्युजील्यान्डका लागि युवा ब्याटर रचिन रबिन्द्रले १०८ रनको शतकीय पारि खेलेका थिए । यस विश्वकपमा यो उनको तेस्रो शतक हो ।

चोटका कारण यसअघिका खेल गुमाएका कप्तान केन विलियम्सनले पनि शानदार ब्याटिङ गर्दै ९५ रनको महत्वपूर्ण योगदान गरेका थिए ।

आजको खेल नजिते प्रतियोगिताबाटै बाहिरिने पाकिस्तानी टिमका कप्तान बाबर आजमले आज टस जितेर पहिले क्षेत्र रक्षण रोजेका थिए । उनका बलरले राम्रो बलिङ प्रदर्शन गर्न सकेका थिएनन् भने क्षेत्र रक्षण पनि फितलो थियो ।

आजको खेलपछि पाकिस्तानले आठ खेलबाट ८ अंक भएको छ, अंक तालिकामा पाँचौं स्थानमा छ । रन रेटका आधारमा समान ८ अंक भएका अस्ट्रेलिया र न्युजील्यान्ड तेस्रो र चौथो स्थानमा छन् । एजेन्सि