२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान पौडेल र गुल्शन झाको अर्धशतकमा ओमानलाई १८५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा कप्तान रोहित पौडेल र गुल्शन शाको अर्धशतकमा नेपालले ओमानलाई १८५ रनकोे लक्ष्य दिएको छ ।

र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन जोड्यो ।

नेपालका लागि गुलशन झा र कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले । झाले २५ बलमा ५४ रन जोडे भने पौडेल ५२ रनमा अविजित रहे । यस्तै, कुशल भुर्तेलले २२ बलमा ३१ रनको योगदान दिए भने करण केसीले ६ बलमा २० रन जोडे ।

ओमानका लागि बलिङतर्फ विलाल खानले तीन विकेट लिए भने अकिव इलियासले दुई तथा जिसन मक्सुदले एक विकेट लिए ।

नेपाल र ओमान दुवैले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकप प्रतियोगितामा स्थान बनाइसकेका छन् ।