२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कति छ कोहलीको सम्पत्ति ?



अ+ अ-

एजेन्सी । भारतीय टोलीका पूर्व कप्तान तथा स्टार ब्याट्सम्यान विराट कोहली आज ३५ वर्षका भएका छन् । फ्यानहरुले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

आफ्नो विस्फोटक ब्याटिङ र ‘फुर्तिलो’का अलावा ‘किंग कोहली’ मैदानबाहिर पनि धेरै हेडलाइन बनाउँछन् । कोहली कमाईको हिसाबले पनि राजा हुन् ।

विराट कोहलीको कुल सम्पत्ति यो वर्ष १००० करोड नाघेको छ । यस्तो अवस्थामा कोहलीको जन्मदिनको अवसरमा के तपाईलाई थाहा छ कोहलीले कसरी र कहाँबाट कमाउँछन् ?

३५ वर्षीय विराट कोहलीको जन्म ५ नोभेम्बर १९८८ मा दिल्लीमा भएको थियो । किंग कोहली विश्वका उत्कृष्ट ब्याट्सम्यान मध्येका एक हुन्, जसले आफ्नो करियरमा धेरै रेकर्ड तोडेका छन् । किंग कोहलीको कुल सम्पत्ति करिब १०५० करोड रुपैयाँ छ ।

कोहलीले सन् २००८ मा भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए र त्यसबेलादेखि अहिलेसम्म तीनवटै फर्म्याटमा खेल्दै आएका छन् । एमएस धोनीको सन्यासपछि सन् २०१७ मा उनलाई भारतीय टोलीको कप्तान बनाइएको थियो । त्यसपछि पनि उनले लगातार टीम इण्डियाका लागि कीर्तिमान बनाइरहेका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आफ्नो अनुबन्ध सूचीमा विराट कोहलीलाई ‘ए प्लस’ श्रेणीमा राखेको छ । उनले बोर्डबाट वार्षिक ७ करोड रुपैयाँ ठेक्का पाउँछन् । यसबाहेक बीसीसीआईले उनलाई एक टेस्ट खेलेको १५ लाख, एक एकदिवसीय खेलबापत ६ लाख र एउटा टी–२० खेलबापत ३ लाख रुपैयाँ दिनेछ ।

कोहली विज्ञापनदाताहरूको मनपर्ने व्यक्तित्व हुन् । उनले १८ वटा भन्दा बढी ब्रान्डको विज्ञापन गर्छन् । विराटले हरेक विज्ञापनको सुटिङ वापत वार्षिक ७.५० देखि १० करोड रुपैयाँ लिने गर्छन् ।

कोहलीको भारतमा धेरै विलासी सम्पत्तिहरू छन् जसमा घर र अपार्टमेन्टहरू पनि छन् । कोहलीसँग मुम्बईको वर्ली क्षेत्रमा एउटा विलासी अपार्टमेन्ट छ, जुन उनले २०१६ मा करिब ३४ करोड रुपैयाँमा किनेका थिए ।

यससँगै कोहलीसँग गुरुग्रामको पोश क्षेत्र डीएलएफ फेज–१ मा एउटा घर पनि छ, जुन उनले २०१५ मा करिब ८० करोड रुपैयाँमा किनेका थिए । विराट कोहलीलाई लक्जरी कारहरूको शौकीन मानिन्छ र पछिल्ला केही वर्षहरूमा उनले धेरै महँगो कारहरू किनेका छन् जसमा अडी R8 V10 प्लस, अडी R8 LMX, अडी A8 L, अडी Q8, अडी S5 जस्ता कारहरू छन् ।