काठमाडौं । प्रत्येक वर्ष चैत कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व आइतबार काठमाडौं उपत्यकामा मनाइएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको प्राचीन जात्रा मानिने यो जात्रा टुडिखेलमा नेपाली सेनाले आयोजना गरेको थियो ।
घोडेजात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरु प्रदर्शन गरेको थियो ।
नेपाली सेनाले आयोजना गरेको घोडे जात्रा कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगाएतका उच्च पदस्थ व्यत्तिहरुको सहभागिता रहेको थियो ।
तस्बिरहरुः प्रदीपराज वन्त/रासस























