काठमाडौं । नेपालमा थप ३६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार १ सय २५ पीसीआर परीक्षण र ६९० जनाको एन्टीजेन परीक्षण भएको छ । पीसीआर परीक्षणबाट ३०३ र एन्टीजेन परीक्षणबाट ६४ जनामा उक्त संख्यामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यस्तै गत २४ घण्टामा १४१ सक्रमणमुक्त भएका छन् । यो निको हुने दर ९७.९ प्रतिशत रहेको छ । मुलुकभर सक्रिय संक्रमितको संख्या २ हजार ९६१ रहेको मन्त्रालयले जनाएको छ ।












