२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा पठायो दुई महामन्त्री



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) क्षेत्रमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पठाएको छ ।

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रतर्फ गएका दुई महामन्त्रीले कमजोरीको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्ने जनाएको छ ।

उद्धार र राहत क्रममा कांग्रेसको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरीबारे दुई महामन्त्रीले जानकारी लिनेछन् । ‘७ बुँदे कार्य’ मा केन्द्रीत रहि ‘एकद्वार प्रणाली’ अनुसार तिन तहका सरकार र संघ संस्थाको नभएको भए पालना गर्नरगराउन थप सुझाव र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ ।

यस्तै, प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप महामन्त्रीद्वयले संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउने कांग्रेसले जानकारी गराएको छ । साथ,ै पार्टीले महामन्त्रीद्वयको नेतृत्वमा उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ को गठन पनि गरेको छ ।

कांग्रेसले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । साथै, सांसदको आधा महिनाको पारिश्रमिक पनि राहत कोषमा जम्मा गर्न घोषणा गरेको छ ।