२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१९ एसिया कपको खेलतालिका सार्वजनिक, नेपालको समुहमा भारत र पाकिस्तान



अ+ अ-

काठमाडौँ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आज यू-१९ एसिया कपको खेलतालिका सार्वजनिक गरेको छ ।

यू-१९ एसिया कप ८ देखी १८ डिसेम्बरसम्म युएईमा हुनलागेको प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । समूह ए मा नेपालसँगै भारत, पाकिस्तान र अफगानिस्तान छन् । यस्तै, समूह बी मा बंगलादेश, श्रीलंका, युएई र जापान छन् ।

नेपालले पहिलो खेल ८ डिसेम्बरमा आइसिसी एकेडेमी ओभल २ मा पाकिस्तानसँग खेल्नेछ । यस्तै, १० डिसेम्बरमा अफगानिस्तानसँग दोस्रो खेल खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा १२ डिसेम्बरमा भारतसँग खेल्नेछ

प्रतियोगिताको सेमिफाइनल १५ डिसेम्बरमा हुनेछ भने फाइनल १७ डिसेम्बरमा हुनेछ ।

नेपालले तीन साताअघि मलेसियामा सम्पन्न एसिसी यू-१९ प्रिमियर कपमा  नेपाल विजेता, युएई उपविजेता र जापान तेस्रो स्थानमा रहँदै प्रिमियर कपमा शीर्ष तीनमा रहँदै एसिया कपमा स्थान बनाएका हुन् ।