२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीको संसदीय समितिमा यी सांसद मनोनीत (नामसहित)



file photo
अ+ अ-

विराटनगर । कोशी प्रदेशसभामा संसदीय समितिमा रहने सदस्यको टुङ्गो लागेको छ ।

प्रदेशसभा गठन भएको दश महिनापछि संसदीय समितिमा रहने सदस्यको नाम टुङ्गो लागेको हो । प्रदेशसमा सात वटा संसदीय समिति रहेका छन् ।

सभामुखको निर्वाचनपछि संसदीय समिति सभापतिको टुङ्गो लगाउने दहरुको तयारी छ । प्रदेशसभाका ९३ जना सदस्य रहेका छन् ।

प्रदेशको न्याय प्रशासन तथा विधायन समितिमा अम्बरबहादुर विष्ट, खगेश्वरी पौडेल, गीता तिम्सिना, गोम्बु शेर्पा, भुपेन्द्र राई, रमेशकुमार बस्नेत, रामबहादुर राना मगर, ललिताकुमारी चौधरी, लिलाबल्लभ अधिकारी, विनोद राई, शिला दीक्षित कार्की र होमबहादुर थापा रहेका छन् ।

यस्तै, सुशासन तथा योजना समितिमा इन्दिरा थापा, इन्द्रबहादुर आङ्बो, उद्धब थापा, कमला दर्नाल, नारायणबहादुर मगर, निर्मला लिम्बू, भक्तिप्रसाद सिटौला, भूमिप्रसाद राजवंशी, मालतीकुमारी लिम्बू, मीना श्रेष्ठ, राजेन्द्रकुमार राई, राधाकृष्ण खनाल, लक्कीकुमारी गणेश, लिलाकुमारी राई र हिक्मतकुमार कार्की रहेका छन् ।

त्यसैगरी, अर्थ समितिमा गोपाल तामाङ, छविलाल चुँडाल, जीवन आचार्य, ज्ञानेन्द्र सुवेदी, तारादेवी ढकाल, बाबुराम गौतम, मानबहादुर लिम्बू, रामकुमार खत्री, रोहितबहादुर कार्की, विजयकुमार राई, विदुर कुमार लिङ्थेप, सविना बजगाईं र सुनिताकुमारी गुरुङ रहेका छन् ।

यस्तै, किशोरचन्द्र दुलाल, गीतारानी महतो, दुर्गाप्रसाद चापागाईं, पाँचकर्ण राई, प्रदीपकुमार सुनुवार, प्रेमराज थाम्सुहाङ, भीम पराजुली, यशोदा कायस्थ, रेवतीरमण भण्डारी, सदानन्द मण्डल र हिमाल कार्की सार्वजनिक लेखा समितिमा परेका छन् ।

सामाजिक विकास समितिमा इस्राइल मन्सुरी, गयानन्द मण्डल गनगाई, गीतादेवी रेग्मी, तिलचन पाठक, नम्बरलाल धिमाल, ममता तामाङ मगर, राजन किराती, रामदेव यादव, विद्या चाम्लिङ राई, शोभा चेम्जोङ, सपना दर्जी र सिर्जना राई रहेका छन् ।

उद्योग पर्यटन तथा वातावरण समितिमा उमाकान्त गौतम, कमला थापा मगर, खगेनसिं हाङ्गाम, खिनु लङ्वा लिम्बू, जयप्रकाश चौधरी, गोपालबहादुर विश्वकर्मा, निरन राई, निरादेवी खनाल, वुद्धिकुमार राजभण्डारी, मैयाँ श्रेष्ठ, राजेन्द्र कार्की, सुनिता गच्छदार चौधरी र सम्झना तामाङ थाम्सुहाङ परेका छन् ।

यस्तै, प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा अमृतकुमार अर्याल, इन्द्रमणि पराजुली, एकराज कार्की, खड्गबहादुर बस्नेत
गोविन्द गिरी , डोल्मा तामाङ, तिलकुमार मेन्याङ्बो लिम्बू, निमसरी राजवंशी, नुरसदी बेगम, बन्दना झाँगड, मोहन महर्जन र
रामप्रसाद महतो परेका छन् ।




भर्खरै