२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटको दोस्रो चरण पार गर्ने नेपालको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपालले विश्वकप २०२६ को छनोट (एशिया) मा दोस्रोचरण पार गर्दै एशियन कपसमेत खेल्ने लक्ष्यसहित तयारी गरिरहेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा २६ सदस्यीय खेलाडी हाल बन्द प्रशिक्षणमा छन् । करिव २० दिनदेखि टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ । दोस्रो चरणको छनोटअन्तर्गत समूह ‘एच’ मा रहेको नेपालले पहिलो खेलमा नै बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्दैछ । अनुभवी पोर्चुगिच प्रशिक्षक पाउलो बेन्टोको प्रशिक्षणमा रहेको युएई फिफा वरीयतामा ६९ औं स्थानको टोली हो ।

१७६ औं स्थानको नेपालका लागि युएई कठिन प्रतिद्वन्द्वी रहनेमा दुई मत छैन । यद्यपि, नेपाली टोलीका स्ट्राइकर अञ्जन विष्टले विश्वकप छनोट खेलका लागि सबैले धेरै मेहनत गरेको र यस पटक एशियन कपसमेत खेल्ने लक्ष्य रहेको बताउनु भयो ।

विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएको नेपाल दोस्रो चरणको पहिलो खेल युएईबिरुद्ध आगामी कात्तिक ३० गते प्रतिष्पर्धा गर्दै छ । यो समूहमा नेपाल र युएर्ईसहित यमन र बहराइन गरी चार राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् । नेपालले दोस्रो चरणमा सबै आफूभन्दा बलिया राष्ट्रसँग खेल्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक एनेस अहिलेसम्म चोटले कुुनै समस्या नगर्नु र तयारीमा राम्रो भएकाले सुखद् नतिजा आउनेमा आशावादी देखिएका छन् ।

साथै नेपाली टोलीले चरणवद्ध रूपमा घरेलु क्लवहरूसँग अभ्यास खेल पनि खेलिरहेको छ । पहिलो खेलका लागि नेपाली टोली आगामी कात्तिक २६ गते दुबई प्रस्थान गर्ने तयारी गर्र्दैछ । त्यो खेल नेपालको समयअनुसार राति साढे ९ बजे हुनेछ । नेपालका प्रशिक्षक एनेसले अधिकांश युवा टोली रहे पनि आफ्नो प्रशिक्षण टोलीले मेहनत गरिरहेको बताउनु भएको छ । टोलीमा अनुभवी खेलाडी धेरै नरहे पनि मेहनति र उत्साहले राम्रो नतिजा ल्याउने प्रशिक्षकको विश्वास छ ।

नेपाली टोलीका महत्वपूर्ण खेलाडीसमेत रहेका डिफेन्डर अनन्त तामाङले पनि बलियो टोलीबिरुद्ध पनि सुखद् नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अधिकांश लाओससँग खेलेका खेलाडी रहेको र केही नयाँ खेलाडी भित्रिए पनि उनीहरू टोलीमा सेट भइसकेको बताउनु भयो ।

नेपालका कप्तान किरण चेम्जोङ, रोहित चन्द र मनिष डाँगी हाल विदेशी लिग खेलिरहेका छन् । किरण भारतमा, रोहित इण्डोनेसिया र मनिष थाइल्याण्डमा व्यावसायिक फुटबल खेलिरहेका छन् । त्यसैले उनीहरूबिना टोलीले अहिले प्रशिक्षण गरिरहेको छ । उनीहरूबिना पनि टोलीले प्रशिक्षण गर्नुले टिम सेटमा खासै असर नपर्ने अनन्तको विश्वास छ ।

यस पटक नेपाली टोलीमा समेटिएका केही नयाँ खेलाडीमध्ये एक हुन्, पोर्चुगलमा व्यावसायिक फुटबल खेलिरहेका निसान ठकुरी । प्रशिक्षक एनेसले सिधै ट्रयालमार्पmत उनलाई ३२ खेलाडीबाट २६ सदस्यीय टोलीमा समेटेका हुन् । वाग्लुङ घर भएका निसान पोर्चुगलको लिस्बनस्थित नेपजुम एफसीबाट व्यावसायिक फुटबल खेल्ने गर्छन् । उनी जुनसुकै पोजिसनमा पनि खेल्नसक्ने खेलाडी हुन् । खेलाडी विदेश पलायनको श्रृंखला चलिरहँदा उनीसहित केही युवा खेलाडीलाई एनेसले यस पटक टोलीमा ल्याउन सक्छन् ।

प्रशिक्षक एनेस युवा खेलाडीसहित सन्तुलित टोली बनाउँदै बलियो टोली युएइसँगको पहिलो खेलमा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन् । यो खेललगत्तै नेपाल दोस्रो खेलका लागि स्वदेश फर्किनेछ । नेपालले दोस्रो खेल आगामी मंसिर ५ गते यमनबिरुद्ध घरेलु मैदानमा खेल्नेछ । त्यसका लागि नेपालले तयारी शुरु गरेको छ । नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत मंगलवार नै दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै सो खेलका लागि आवश्यक तयारी शुरु गरेको जनाएको थियो ।

सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ सात बजे हुने एन्फाले जनाएको छ । यसअघि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेलहरू प्राय: साँझ ५:३० बजे हुने गरेका थिए । यस पटक भने एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सल्लाहअनुसार साढे एक घण्टापछि खेल सारेको छ ।




भर्खरै