२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेलिब्रिटी नबन्दै गूगलमा भेट्न सकिन्छ आफ्नो नाम, जान्नुहोस्



अ+ अ-

काठमाडौं । यदि तपाई गूगलमा सर्च गरेर अरुले आफ्नो बारेमा थाहा पाउन् भन्ने चाहनुहुन्छ भने त्यसका लागि तपाई सेलिब्रिटी हुन जरुरी छैन । गूगलले तपाईको पहिचान विश्वसामु ल्याउने प्रबन्ध मिलाइ दिएको छ ।

हालै गूगलले पिपुल कार्ड फिचर सार्वजनिक गरेको छ । यो एक किसिमको भर्चुअल भिजिटिङ कार्ड हो । जसको सहयोगमा तपाई कुनै पनि व्यक्तिको बारेमा गूगल सर्च गरेर खोज्न सक्नुहुन्छ । अथवा भनौं जसले पनि तपाईलाई खोज्न सक्छ ।

यसमा त्यही जानकारी विश्वसामु देखिनेछ, जुन तपाई आफू चाहनुहुन्छ । यसको आवश्यकता किन पनि छ भने अहिले एउटै नाम गरेका अनेकौं मानिसहरु इन्टरनेटमा छन् ।

गूगल पिपुल कार्डमा के हुन्छ ?
यसमा कुनै पनि व्यक्तिले आफ्नो एउटा मात्र कार्ड बनाउन सक्छ । यसको खोजविन पछि नै यो जारी हुनेछ । हरेक कार्डमा व्यक्तिको फोटो, व्यवसाय, ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । जसबाट एउटै नाम गरेको अर्को कार्डबाट अलग गरिनेछ ।

यदि प्रयोगकर्ताले चाहेको खण्डमा यसमा आफ्नो अध्ययन, सम्पर्क, गाउँ-ठाउँ, सामाजिक सञ्जालको प्रोफाइलजस्ता जानकारीसमेत जोड्न सकिन्छ । यस्तो कार्डमा प्रयोगकर्ताको पूर्ण नियन्त्रण हुनेछ ।

यदि तपाईले चाहेको खण्डमा जानकारी मेटाउन वा अपडेट गर्न सक्नुहुनेछ । यसबाहेक प्रयोगकर्ताले सधैंका लागि कार्ड बन्द गरेर राख्नसमेत सक्नेछन् । यसो गर्दा गूगल सर्चमा तपाईको नाम कहिल्यै देखिने छैन । हालका लागि गूगल सर्चका लागि बनाइएको यो फीचर वेब भर्सनमा मात्र उपलब्ध छ ।

हालै मात्र विश्वमै पहिलोपटक भारतमा सार्वजनिक गरिएको यो फिचर अन्य मुलुकमा तत्काल उपलब्ध हुने विषयमा गूगलले स्पष्ट उल्लेख गरेको छैन। (एजेन्सीको सहयोगमा)




भर्खरै