२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प पीडितलाई कृषि विकास बैंकको ५० लाख



अ+ अ-

काठमाडौँ  । कृषि विकास बैंक लिमिटेडले जाजरकोटका भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

गत कात्तिक १७ गते राति ११:४७ बजे कर्णाली प्रदेश, जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं।१ रामीडाँडा केन्द्रबिन्दु भएर ६।४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको थियो ।

राष्ट्रिय विपदको यस दु:खद घडीमा खोज, उद्धार र राहतकालागि भूकम्पबाट पीडित एवं प्रभावितका लागि सहायतास्वरुप कृषि विकास बैंकल संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पचास लाख रुपैयाँको चेक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको छ ।

बैंकले कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषको खाता नं। ०१००२०१००२९०७०१४ मा उक्त रकम जम्मा गरेको छ । उक्त चेक कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सम्माननीय प्रधानमन्त्रीज्यूलाई हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्वय ध्रुव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगा दाहालको समेत उपस्थिती रहेको थियो ।

कृषि विकास बैंकले भूकम्पबाट प्रभावित र पीडितलाई राहत पुग्ने गरी नेपाल सरकारलाई आर्थिक सहयोग गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहालले धन्यवाद ज्ञापन गरेका थिए ।

कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकमजम्मा गरेको थियो ।