२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न देशका राष्ट्रप्रमुखबाट समवेदना



फाईल फोटो
अ+ अ-

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेललाई जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखले समवेदना सन्देश पठाउनुभएको छ ।

जर्मनीका राष्ट्रपति Frank Walter Stenmeier, चेक गणतन्त्रका राष्ट्रपति Peter Pavel, अष्ट्रियाका राष्ट्रपति Alexander Van Der Bellen,निकारागुआका राष्ट्रपति Daniel Ortega Saavedra, कतारका अमिर Sheikh Tamim Bin Hamad Al- Thani र स्पेनका Pedro Sanchez ले बेग्लाबेग्लै समवेदना सन्देशको पठाउनुभएको हो ।

उहाँहरुले भूकम्पपीडित परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । साथै सन्देशमा प्राकृतिक विपत्तिको यस घडीमा आफ्नो देश, जनता र सरकारको तर्फबाट सहानुभूति प्रकट गर्दैै राहत तथा पुनस्थापनाको काममा आवश्यक सहयोगका लागि सदैव तयार रहेको उल्लेख गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेललाई चीनका राष्ट्रपति सी चिनफीङ, रुसका राष्ट्रपति भ्लादिमीर पुटिन र संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्सलेले पनि समवेदना सन्देश पठाउनुभएको थियो ।