२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान उपाधिको रेसबाट आउट, न्युजिल्यान्ड सेमिफाईनलमा



अ+ अ-

काठमाडौँ । क्रिकेट विश्वकप २०२३ अन्तर्गतको अन्तिम लिग खेलमा अहिले पाकिस्तान र इङ्गल्याण्ड खेल्दैछन् । इङ्गल्याण्डले दिएको ३ सय ३८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले सात ओभर सकिदा २ विकेट गुमाएर ३० रन बनाएको छ । यससगै पाकिस्तानको सेमिफाईनल खेल्ने सपना सकिएको छ ।

सामान्य जित मात्र पर्याप्त नभएको पाकिस्तानलाई सेमिफाईनलमा पुग्न ६.४ ओभरमा आफ्नो लक्ष्य पूरा गर्नुपर्ने थियो । अन्तिम खेलमा श्रीलंकालाई पाँच विकेटले पराजित गरेको न्युजिल्यान्डको नेट रन रेट ०.७४ छ । न्युजिल्यान्डलाई उछिन्दै ६.४ ओभरमा आफ्नो लक्ष्य पूरा गरे मात्र पाकिस्तानले सेमिफाईनलमा स्थान बनाउन बनाउन सक्थ्यो ।

यस्तै, आजको खेल इङ्ल्यान्डको लागि पनि महत्वपूर्ण रहेको छ । जारी विश्वकपको सातौ स्थानमा रहेको इङ्ल्यान्ड पाकिस्तानलाई हराउदै २०२५ को च्याम्पियन्स ट्रफीमा सहभागि नाम दर्ता गराउन चाहन्छ ।

विश्वकपको सेमिफाइनलमा यसअघि नै भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया पुगिसकेको छ । सेमिफाइनल यात्रा तय गरेको न्युजिल्यान्डले भारतसँग खेल्नेछ । यस्तै, अर्को सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्नेछन्।